सेनाको विकास महानिर्देशनालयका प्रमुख सहायकरथी पोखरेलको म्याद थप सिफारिस भएन

काठमाण्डु - प्रधानसेनापति अशोकराज सिग्देलले पदावधी सम्हालेको दिनमै सेनामा शुद्धीकरणको सुरुवात गरेका छन् । प्रधानसेनापति सिग्देलले आर्थिक अनियमितताको आरोप लागेका विकास महानिर्देशनालयका प्रमुख सहायकरथी विकाश पोखरेलको म्याद थप नगरेका निकट स्रोतले जानकारी दियो । सेनामा म्याद थपका लागि प्रधानसेनापतिले सिफारिस गर्ने गर्छन् ।तर, फास्ट ट्रयाकलगायतका विकास निर्माण गर्ने महानिर्देशनालयको नेतृत्वमा रहेका सहायकरथी पोखरेलको काम सन्तोषजनक…