नासाद्वारा मंगल ग्रहमा नयाँ मिसनमा ढिलाइ

काठमाण्डु – नासाले शुक्रबार मंगल ग्रहमा आफ्नो नयाँ वैज्ञानिक मिसन ‘एस्केपेड’ (एस्केप एण्ड प्लाज्मा एक्सेलेरेसन एन्ड डाइनामिक्स एक्सप्लोरर) सुरु गर्न ढिलाइ हुने जानकारी गराएको छ । एस्केपेड मिसनले मंगल ग्रहको चुम्बकीय वातावरणसँग अन्तर्क्रिया र ग्रहको वायुमण्डलीय अवस्थाको अध्ययन गर्न २ अन्तरिक्ष यान प्रयोग गर्नेछ । मिसनलाई फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनको स्पेस लन्च कम्प्लेक्स…