भारतीय यात्रुवाहक विमानमा बमको धम्की पछि आपतकालीन अवतरण

काठमाण्डु-भारतको मुम्बईबाट जर्मनीको फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टाराको यात्रुवाहक विमानमा बमको धम्कीपछि पूर्वी टर्कीमा आपतकालीन अवतरण गरेको छ । २४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो । धम्की दिनेको खोजी भइरहेको बताइएको छ । भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम विस्ताराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन…