कठमाण्डु-सर्वोच्च अदालतले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ । वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानसमेतका आधारमा विभिन्न कर्मचारीहरूलाई सर्वोच्चले पुरस्कृत गर्न लागेको हो । शनिबार सर्वोच्चको प्राङ्गणमा पुरस्कार वितरणको कार्यक्रम आयोजना भएको प्रशासन शाखाले जानकारी गराएको छ । चार जना करार कर्मचारीसहित २१ जना कर्मचारीलाई कार्यसम्पादन हेरेर पुरस्कार गर्न लागिएको…