काठमाण्डु – एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब एनसेल एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्नेछन् । यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै एपबाट पनि लिन सकिने भएको छ । प्रयोगकर्ताहरूले पुलिस रिपोर्टका लागि सिधै एपमार्फत आवेदन…