कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाण्डु – कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । शुक्रबार देशभर ३०औं विश्व आदिवासी दिवस मनाइँदैछ ।