गृहसचिव बन्‍न चार सचिवबीच प्रतिष्पर्धा, पुस्करको सम्भावना

काठमाण्डु – एकनारायण अर्याल मुख्यसचिवमा बढुवा भएपछि रिक्त गृहसचिव बन्न चार सचिवले लविइङ तिव्र पारेका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा बढुवा गरेपछि रिक्त गृहसचिव बन्न विनोदप्रकाश सिंह, कृष्णहरि पुस्कर, नारायणप्रसाद शर्मा दुवाडी र दीपक काफ्लेबीच प्रतिष्पर्धा छ । सिंह महालेखा नियन्त्रण कार्यालय, पुस्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, दुवाडी राष्ट्रपतिको कार्यालय र काफ्ले…