काठमाण्डु – पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको पहिलो खेलमा नेपालकी पलेशा गोबर्धनले भेनेन्जुएलाकी भलेरियालाई पराजित गरेकी छन् । राउन्ड अफ १६ को खेलमा शुक्रबार ३१–० को जित निकाल्दै अन्तिम आठमा पुगेकी पलेशाले अन्तिम आठमा ब्राजिलकी सिल्भाना मायारासँग आजै प्रतिस्पर्धा गर्नेछिन्। गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पलेशाले…