राजविराज-जंगली जनावरको चोरीशिकारमा संलग्न पूर्वडीआइजी र बहालवाला सईसहित १० जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर–३ घर भएका नेपाल प्रहरीका बहालवाला…