काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन पुस मसान्तभित्रै हुने बताएका छन् । शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नियमित महाधिवेशन वैशाख २८-३१ मा गर्ने प्रस्ताव बहुमतले पारित गरे पनि विशेष महाधिवेशन पुस मसान्तभित्रै गर्ने बताएका हुन् । शक्रुबार साँझ केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विधानको धारा १७ (२) अनुसार नै पुस…