काठमाण्डु - आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा मंगलबार नेपाल र ओमान खेल्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। घरेलु मैदानमा जारी संयुक्त अरब एमिरेट्स (यूएई) र ओमानसम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले अन्तिम खेलमा जित निकाल्दै ६ अंक जोड्ने प्रयासमा छ। जारी सिरिजमा नेपालले ४ अंक…