वाइडवडी खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचारः पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरिएको निष्कर्ष निकाल्दैँ विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीवार अख्तियारले दुईवटा वाइडवडी विमान खरिदको क्रममा १ अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकारसहित ३२ जनालाई प्रतिवादी…