काठमाण्डु – सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र मन्त्रालयका सचिवहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरे पनि सोमबार सम्बन्धित सचिवहरूलाई पत्र दिइएको छ । सरकारले ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा…