काठमाण्डु- सरकारी पक्षबाट आश्वासन मात्रै पाएपछि मिटरव्याज पीडितहरु फेरी आन्दोलित बन्न थालेका छन् । यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला गहमन्त्री बालकृष्ण खाँणले ‘मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल’ बनाएको थियो । सो कार्यदलले मिटरव्याजीविरुद्ध परेका उजुरीमाथिको कारबाहीलाई तीव्रता दिन सरकारलाई सुझाव पनि दिएको थियो । यस्तै प्रधानमन्त्री नियुक्त भएलगत्तै पुष्पकमल दाहाल प्रचण्डले पनि मिटरव्याजी समस्याका…