काठमाण्डु-बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट नियुक्त भएका ४ जना मन्त्रीहरूले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीलाई मन्त्रीमा नियुक्त गरेका थिए । महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय, लामिछानेलाई…