काठमाण्डु-सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइदैछ । आज बसेको मन्त्रीपरिषद बैठकले विमान दुर्घटनामा परी मृत्यु भएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको थियो । यस्तै दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षण आज पनि जारी छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण भइरहेको छ…