काठमाण्डु-सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । छलफल बिहान ११ः३० बजे सभामुखको कार्यालयमा सुरु हुनेछ । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम…