पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आयाे

काठमाण्डु–पहिरोका कारण अवरूद्ध बनेकाे पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । आज बिहान ६ः३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको राजमार्ग एकतर्फी सञ्चालनमा आएकाे हो । पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताए।