सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही-पूर्वसांसद तथा राज्यमन्त्री रामचन्द्र रायको अपरिचित समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनी राप्रपाबाट निर्वाचित सांसद थिए । उनी २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका…