काठमाण्डु – पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्त रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले बताए । उनी डाडागाउँस्थित जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक थिए । आईतबार बेलुका घरमै बसिरहेको बेला चट्याङ लागेर घाइते भएका उनलाई उपचारका…