काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले नामिबियालाई हराएको छ । शनिबार राति वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड डीएलएस पद्धतीमा ४१ रनले विजयी भयो । इंग्ल्यान्डलाई सुपर आठमा पुग्न यो को खेल जित्नैपर्ने दबाब थियो । समूह ‘बी’ मा रहेको इंग्ल्यान्डको चार खेलमा पाँच अङ्क भएको छ । यो समूहबाट अस्ट्रेलिया तीन खेलमा छ अङ्कसहित सुपर आठमा पुगिसकेको…