काठमाण्डु-वचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा वर्ष ४३ का तेजविक्रम थापा, वर्ष४४…