काठमाण्डु–भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा ले आफ्नो पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खाेज्दा उनले अस्वीकार गरेका हुन् । प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक अन्जु कँडेलले बेचनले ‘पोलिग्राफ परीक्षण गर्न नमानेको’ भन्ने ब्यहोराको प्रतिवेदन काठमाडौँ प्रहरीलाई दिएकी छन्…