युरोप पठाउने भन्दै एक हजार जनाभन्दा बढीलाई ठग्ने कन्सल्टेन्सीका संचालकसहित ६ जना पक्राउ

काठमाण्डु- विदेश पठाइदिने प्रलोभनमा पारि एक हजार जनाभन्दा बढी मानिसहरुलाई ठगी गर्ने कन्सल्टेन्सीका संचालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा पठाइदिने भन्दै ठगी गर्ने ६ जनालाई बुधबार काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेतको विरेन्दनगर–९ स्थायी घर भई अहिले…