काठमाण्डु-जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज सकिँदैछ । ललितपुरको सानागाउँमा २७ साउनबाट सुरु भएको बैठकमा आइतवार प्रस्तुत गरिएको पार्टीको राजनीतिक एवं सङ्गठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गर्दै केन्द्रीय समिति सदस्यहरूलाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाउने गरी कार्यविभाजन गर्ने तयारी छ । देशैभरीबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको…