बन्चरो प्रहार गरी श्रीमतीको हत्या

धनगढी – कैलाली जिल्लाको चुरे गाउँपालिका–६ ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले बञ्चरो प्रहार गरी ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको हत्या गरेका छन् । आरोपी डम्मरले श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरलाई ईलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ । शुक्रबार राति नै धनगढी क्षेत्रबाट…