नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता

काठमाण्डु – परराष्ट्र सचिव सेवा लम्साल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । काठमाण्डुको नक्सालस्थित हिल्टन होटलमा सोमबार मध्याह्न भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए । ‘उहाँहरूबीच नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा कसरी…