काठमाणडु–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजतन्त्र फर्काउनका लागि धेरै टाउको नदुखाउन बताएका छन् । पार्टीको कोशी सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने कुरा दिवा सपनामात्रै भएको भन्दै टाउको दुखाउनुको सट्टा व्यापार गरेर बस्न सुझाव दिए । उनले मधेसमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आए पनि पार्टीको…