काठमाण्डु – देशका छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । धनुषाको मिथिला नगरपालिका–१० लालगढ बस्ने सुकमान विश्वकर्माको घरमा काम गरी बस्ने महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगर घर भएका ४५ वर्षीय राकेश परियार मृत अवस्थामा फेला परेका छन् । झापाको बाह्रदशी गाउँपालिका–१ नयाँबस्ती बस्ने ८० वर्षीय सुरध्वज राई लक्ष्मीस्थान जंगलमा शुक्रबार मृत अवस्थामा फेला…