प्रजनन् केन्द्रमा हुर्काइएका घडियाल नारायणीमा छाडियो

चितवन - चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा हुर्काइएका १०५ वटा घडियाल गोही नारायणी नदीमा छाडिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रजनन् केन्द्रमा गोही हुर्काउने गरिएको छ । केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उनले बताए । विसं…