आज विश्‍वासको मत नलिए मधेशका मुख्यमन्त्री सरोजकुमार यादव रातिदेखि स्वत: पदमुक्त हुने

काठमाण्डु – मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत नलिए राति १२ बजेबाट स्वतः पदमुक्त हुने भएका छन् । संविधानको धारा १८८ को २ अनुसार मुख्यमन्त्री यादव रातिबाट पदमुक्त हुने भएका हुन् । संविधानको धारा १८८ को २ मा मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।…