पाल्हीनन्दन – पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रक लगायत ठूला मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । शुक्रबार राति बर्दघाट–४ दाउन्ने जङ्गलको खुुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात सञ्चालन हुन सकेको थिएन । सडक मर्मतपश्चात् शनिबार बिहानदेखि एकतर्फी सञ्चालनमा आए पनि हाल यात्रुुबाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख…