सहकारी ठगी प्रकरण : रास्वपा सभापति लामिछानेसँग बयान लिने संसदीय समितिको तयारी

काठमाण्डु – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग बयान लिने तयारी गरेको छ । समितिका सभापति सूर्यबहादुर थापाले शुक्रबार बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्नुपर्ने भएकाले सभापति लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने बताए । उनले भने, गोर्खा…