सरकारले हटाएका विद्युत् प्राधिकरणका २ सञ्चालकको सर्वाेच्चबाट ‘अन्तरिम’ पुनर्बहाली

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । सरकारी निर्णयविरुद्ध रिट निवेदन दर्ता गरेका सञ्चालकद्वयको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि उनीहरूको अन्तरिम पुनर्बहाली भएको छ । ऊर्जामन्त्री दीपक खड्काले मन्त्रीस्तरीय निर्णय गरी प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय आचार्य र पुनलाई…