काठमाण्डु– त्रिभुवन विश्वविद्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार नै परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक पात्रो सुधार्न अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको हो । शैक्षिक पात्रो सुधार्नकै लागि महिनामा ३ देखि ४ प्रकारका परीक्षा लिइरहेको र २०५३ सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्नेगरी काम भइरहेको कार्यालयका परीक्षा नियन्त्रक…