काठमाण्डु – रोल्पाको थवाङमा २० जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाको २ दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औपचारिक मुख खोलेको छ । बिहीबार दिउँसो भएको हृदयविदारक घटनापछि सामाजिक सञ्जाल र नागरिकस्तरबाट सरकारको मौनतामाथि प्रश्न उठिरहेका बेला शनिबार प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सरकारी सक्रियताको बचाउ गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आफैँले…