काठमाण्डु-ईरानमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । इब्राहिम रइसीको विमान दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको राष्ट्रपति पदका लागि आज निर्वाचन हुन लागेको हो । समाचार संस्था एपीका अनुसार राष्ट्रपति निर्वाचनका लागि चारजना चुनावी मैदानमा छन् । सईद जलीली, ईरानी संसदका अध्यक्ष मोहम्मद बाकर गालीबाफ, मुस्तफा पोरमोहम्मदी र मसूद पेजेशकियानले राष्ट्रपतिमा उम्मेदवारी दिएका हुन् ।…