निर्वाचनअघि नै प्रतिनिधिसभा पुन:स्थापनाको फैसला आएमा स्वीकार गर्छौं : कांग्रेस

काठमाण्डु – नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनअघि नै सर्वोच्च अदालत वा न्यायपालिकाबाट प्रतिनिधिसभा पुन:स्थापनाको फैसला आएमा त्यसलाई स्वीकार गर्ने बताएको छ । सोमबार निर्वाचनका लागि समानुपातिक बन्द सूचीको नाम बुझाउनका लागि निर्वाचन आयोग पुगेका नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफूहरू निर्वाचनको पक्षमा नै रहेको बताउँदै निर्वाचनअघि प्रतिनिधिसभा पुन:स्थापनाको फैसला आएमा स्वीकार गर्ने…