काठमाण्डु-डडेल्धुरामा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । घटनास्थलमा बुधबार थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो । बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको…