काठमाण्डु-संघीय संसद्अन्तर्गत आज पनि प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ । छलफलमा सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस्…