कार्यदल निष्कर्षमा पुग्न नसक्दा प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ

काठमाण्डु - संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल बैठकमा निष्कर्ष ननिस्किँदा प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भइरहेको छ । सहकारी संस्था ठगीबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको छ । कार्यदल बैठकले टिओआरमा सहमति नगरेसम्म विपक्षी दलले बैठक नचलाउन सभामुखलाई आग्रह…