ऋण हिनामिना प्रकरण: सेञ्चुरी बैंकका दुई पूर्व सीईओसहित ९ जना पूर्वकर्मचारी पक्राउ

काठमाण्डु- तत्कालीन सेञ्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित ११ जना पक्राउ परेका छन् । मंगलवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हाल प्रभु बैंकका डेपुटी सीईओ रहेका न्यौपाने र पूर्वसीईओ गौतमसहित १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने ११ जना मध्ये पूर्वकर्मचारीहरु दीलिप बराल, रमण श्रेष्ठ, दिपेश प्रधान र…