काठमाण्डु-काठमाडौं उपत्यकामा गएरातिदेखि भइरहेको भारी वर्षाका कारण उपत्यकाका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको छ । गएराति भएको वर्षाका कारण वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबै नदीहरूमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ठूलो बाढी आएकाले डुबान हुने क्षेत्रका बासिन्दालाई…