जिसस प्रमुख गौतमले थाले आमरण अनसन, धुलिखेल सडक निर्माण गर्न माग

काठमाण्डु – जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले आमरण अनसन थालेका छन् । धुलिखेल–खावा सडक तत्काल निर्माण सक्न माग गर्दै उनी अनसन बसेका छन् । अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको काम सुस्त भएपछि उनी अनसन बसेका हुन् । सम्झौताको करीब २ महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ…