काठमाण्डु – केही हप्तायता राजधानी काठमाण्डुसहित देशका विभिन्न स्थानमा बढेको वायु प्रदूषण वर्षासँगै घटेको छ । ‘एयर क्वालिटी इन्डेक्स’को मंगलबारको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १२७ रहेको छ । एक्यूआई गत शनिबार १९२, आईतबार १७६, सोमबार १५६ पुगेको थियो । वायु प्रदूषण घटेर मंगलबार एक्यूआई १२७ अंकमा झरेको छ । देशभरका विभिन्न सामुदायिक र…