काठमाण्डु-गोरखाको धार्चे–५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । स्थानीयका अनुसार आज बिहान एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरो गएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली…