विराटनगर- विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहबी नगरपालिका-९ २५ वर्षीय नगेन चौधरी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताए। बरगाछी चोकस्थित कोशी राजमार्गमा कन्चनबारीबाट बरगाछीतर्फ आउँदै गरेको बा.प्र ३-००१ ख १४११ नम्बरको ट्रकले बाटो क्रश…