भीड नियन्त्रणमा घातक हतियार प्रयोग हुन थालेपछि सर्वाेच्चमा रिट दायर

काठमाण्डु – भीड नियन्त्रणका क्रममा प्रहरीले प्रदर्शनकारीको मृत्यु नै हुने गरी हतियार प्रयोग गर्ने गरेको घटना बाहिरिएपछि घातक हतियारको प्रयोग गर्न नदिन सर्वाेच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भीड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियार प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै आज बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका…