काभा महिला भलिबलमा नेपालको दोस्रो हार

काठमाण्डु-काभा २० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिपमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपाल किर्गिस्तानसँग २७–२५, २५–२३ र २५–१७ ले पराजित भयो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ३–१ ले हारेको थियो । अन्तिम खेलमा नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्नेछ ।…