काठमाण्डु- दैलेखमा प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो। नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निकरबहादुर तारीमाले जानकारी दिए। एसइई परीक्षाको पहिलो दिन भाइको सट्टामा दाइले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ गरिएको दैलेखका…